
काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
माओवादी उपमहासचिव शर्मा निवास बूढानीलकण्ठ पुगेर सभापति देउवासँग भेटवर्ता गरेका हुन् ।
भेटवार्ताको तस्बिर फेसबुकमा राख्दै शर्माले लेखेका छन्- ‘कांग्रेस सभापति देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भयो ।’
प्रचण्डसहितको माओवादी केन्द्रको नेतृत्व मध्यपहाडी लोकमार्गको अभियान अन्तर्गत सुदूरपश्चिममा रहेका बेला शर्मा र देउवाबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।