
काठमाडौँ, १९ चैत । पछिल्लो समय सुनको भाउ बढेको बढ्यै छ ।
जसअनुसार आज पनि भाउ बढेर १ लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवार सुनको मूल्य १ हजार ८ सय रुपैयाँ वृद्धि भएर यस कीर्तिमानी बिन्दुमा पुगेको हो ।
हिजो छापावाल सुनको मूल्य १ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
तर, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । सोमबार तोलामा २ हजार ३५ रुपैयाँ कायम भएको चाँदीको मङ्गलवार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।