प्रहरीको तथ्याङ्क भन्छ, ‘दैनिक ४७ महिलाहरू घरेलु हिंसामा पर्छन्’

नेपालमा दैनिक रुपमा ४७ वटा घरेलु हिंसाका उजुरीहरू प्रहरीकोमा पुग्ने गरेका छन् । आर्थिक वर्ष २०७४/७५ मा यो सङ्ख्या ३३ रहेकोमा अहिले बढेर ४७ पुगेको छ । 

केटिएम दैनिकले नेपाल प्रहरी मुख्यालयबाट प्राप्त गरेको विगत पाँच आर्थिक वर्षको तथ्याङ्क विश्लेषण गर्दा आ.व २०७८/७९ मा १७ हजार महिला हिं‌साका उजुरी परेको देखिएको छ । 

महिला हिंसाका घटना मधेस प्रदेशमा अत्याधिक पाइएको छ भने शिक्षित व्यक्तिहरू बस्ने काठमाडौं उपत्यकाका तीन जिल्ला महिला हिंसा बढी हुनेमा दोस्रो स्थानमा छ ।   नेपालमा एक वर्षमा ‘घरेलु हिंसा’ का उजुरी झण्डै २० प्रतिशतले बढेको पाइएको छ । 

घरेलु …