दुईवटा किड्नी फेरेर मैले विश्वमा नयाँ रेकर्ड राखे : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा किड्नी फेरेर विश्वमै नयाँ रेकर्ड राखेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वमै दुई वटा किड्नी फेर्ने प्रधानमन्त्री कोही नभएको हुँदा आफुले नयाँ रेकर्ड राखेको बताएका हुन्।
दुई वटा किड्नी फेरेको हुँदा आफू थोरै भए पनि अपाङगता भएको उनले बताएका छन्।
‘मेरो पनि किड्नी फेल भएर अर्को किड्नी ल्याएर जोडेर राख्या छु। म पनि अर्को किड्नीको ह्विलचेयर बोकेर हिँड्या मान्छे हुँ। फेरि त्यो किड्नी पनि फेल भयो। त्यसपछि अर्को किड्नी राखेर नयाँ किड्नीको वैशाखी टेकेर हिंड्या हो। अलिअलि अपाङ्गता नै …