जनगणना गर्नको लागि तथ्यांक विभागले माग्यो गणक तथा सुपरिवेक्षक

केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आव्हान गरेको छ ।
विभागले करिब ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा भर्ना लिन लागेको हो ।
सुपरिवेक्षक पदमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण र ४० वर्ष ननाघेको हुनुपर्नेछ भने गणकको लागि प्लस टू उत्तिर्ण भई १८ वर्ष पुगेको तर ४० वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ । एक जनाले एक पदका लागि मात्रै दरखास्त दिनसकिनेछ।
करारका जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीको प्रयोग गरी जनणना गरिने विभागको भनाई …