क्याटवरीको डेरीमिल्क चकलेटमा किरा भेटियो !

=नेपाली बजारमा बहुराष्ट्रिय कम्पनी क्याटवरीका उत्पादन डेरीमिल्क र यसका चकलेटहरु लोकप्रिय मानिन्छ ।
तर ससाना बालबालिकादेखि सबै उमेरसम्मले मन पराउने डेरीमिल्कको सिल्क बबलमा नामक चकलेट भित्र किरा फेला परेको छ ।
काठमाडौं बत्तिसपुतलीका स्थानीय व्यवसायी सम्राट बुढाथोकीले किनेको क्याटवरी कम्पनीको उत्पादन डेरीमिल्क भित्र किरा भेटेका हुन् । शुक्रबार स्थानीय डिर्पाटमेन्ट स्टोरबाट छोराकालागी किनेर ल्याएको डेरीमिल्कको सिल्क बबल नामक चकलेट भित्र किरा भेटेको बुढाथोकी बताउँछन् ।
क्याटवरी कम्पनीको उत्पादन, सिल्क बबल नामक यस चकलेटको खोलमा उत्पादन मिति सन् २०२० अक्टोबर लेखिएको छ । अर्थात यो चकलेट केवल २ महिनाअघि उत्पादन भएको देखिन्छ । …