ताप्लेजुङ्ग आगलागी : ११ पसल जलेर नष्ट, एक व्यक्ति घाइते

ताप्लेजुङ – ताप्लेजुङ सदरमुकाम फुङलिङको पुरानो बैंक लाईन ट्याक्सी स्टेन छेउमा शुक्रबार राति साढे १० बजेदेखि लागेको आगलागिका कारण ७ घर र ११ पसल जलेर नष्ट भएका छन् ।
आगलागी भैरहेको स्थानमा रहेका ताप्लेजुङ्गका सञ्चारकर्मी सीताराम गुरागाइले स्थानीय प्रशासनलाई उदृत गर्दै केटिएम दैनिकलाई बताएअनुसार अहिलेसम्म ७ घर र ११ पसल पूर्ण रुपमा जलेर खरानी भएका छन् । एकजना व्यक्ति सामान्य घाइते भएका छन् । उनको उपचार भैरहेको जनाइएको छ ।
आगलागिको ३ घन्टापछि फुङ्गलिङ्ग नगरपालिकाको दमकल ले आगलागी नियन्त्रणमा लिइसकेको छ ।
बेलुका करिब ९.३० बजेबाट भण्डारी खाजाघर छेउबाट शुरुभएको आगो उत्तरतर्फ नेपाली …