
काठमाडौं । संरक्षित वन्यजन्तु चितुवाको छालासहित पाँच जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले ललितपुरबाट पक्राउ गरेको छ ।
चितुवा मारेर त्यसको छाला खरिद बिक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा वातावरण तथा वन्यजन्तुसँग सम्बन्धित अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानको लागि महाराजगञ्जबाट खटिएको टोलीले आइतबार ललितपुरबाट पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भोजपुर, आमचोक गाँउपालिका-४ वस्ने वर्ष ३९ को लक्ष्मण विश्वकर्मा, वर्ष २० को बिनोद कालिकोटे, रामेछाप नगरपालिका-४ वस्ने वर्ष ३४ को दल बहादुर आले मगर, धादिङ, गल्छी गाँउपालिका-८ वस्ने वर्ष २८ को उमेश दुधराज र वर्ष २० को प्रेम बहादुर बि.क. रहेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
पक्राउ परेकालाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीवन ललितपुरमा बुझाईएको सीआईबीले जारी रहेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।