
बिराटनगर । बिरामी बोक्नको लागि प्रयोग हुने एम्बुलेन्सले लागुऔषध गाँजा ओसारपसार गरेको पाइएको छ ।
राजन अधिकारी फाउण्डेसन धरान द्धारा संचालित को.१ च ४६१९ नम्वरको एम्वुलेन्स बाट हिजो ठूलो परिमाणमा गाँजा भेटिएको हो ।
मंगलबार राती साढे १० बजे विराटनगर महानगरपालिका-१८ लाभाघाट नजिक उक्त एम्बुलेसन्सको डिकीमा २१ किलो पाँच सय ग्राम गाँजा भेटिएसँगै त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
एम्बलेन्स चालक धरान-११ का ३८ बर्षीय गंगा सरकारलाई इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको कोसी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।
सोही स्थानमा रहेको भारतीय नम्बर प्लेट बीआर ३८ ए एफ ०३३६ नम्वरको मोटरसाईकललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बुधनगर र अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएका प्रहरी टोलिले बिराटनगर-१८ स्थित खेतको परालमा लुकाई छिपाई राखेको साढे १६.५ किलोग्राम गाँजा समेत बरामद गरेको छ ।
लागुऔषध गाँजा सहित पक्राउ परेको एम्वुलेन्स तथा चालकको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।
