
दाङ । काठमाडौंबाट कर्णाली प्रदेशको राजधानी सुर्खेततर्फ जाँदै गरेको बस आज बिहान दाङको लमही नगरपालिका-९ शिव खोलामा दुर्घटना भएको छ ।
कर्णाली प्रदेश ०२-००१ ख ०३६२ नम्बरको बस आज बिहान ६:३० बजे अचानक सडकको साईडमा रहेको कलभर्डमा ठोकिन गई दुर्घटनामा परेको हो ।
उक्त बसमा ४० जना यात्रु रहेकोमा २२ जना घाइते भएका छन् भने १८ जना सकुशल छन् ।
घाइतेमध्ये पाँच जना यात्रु नेपाली सेना रहेको बुझिएको छ ।उनीहरूको सैनिक अस्पताल राझाँ बाकेँमा उपचार भइरहेको छ ।
दुर्घटनापश्चात ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले घाइतेलाई विभिन्न अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक जनक बहादुर मल्लले बताए ।

घाइतेमध्ये ६ छनाको लमही अस्पताल लमही दाङमा उपचार गरिएको अवस्था गम्भिर भएपछि दुई जनालाई मेडिकल कलेज कोहलपुर बाँके पठाइएको छ ।
नेपाली सेनामा कार्यरत पाँच जनाको सैनिक अस्पताल राझाँ बाकेँमा उपचार भइरहेको छ भने अन्यको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घाइतेको विवरण
लमही अस्पताल लमही,दाङमा उपचारत घाइतेहरूको विवरण
१. सुर्खेत बिरेन्द्रनगर नगरपालिका-२ बस्ने बर्ष ६८ की गंगा देवी पुलामीको टाउको र ढाडमा चोट, अवस्था गम्भिर भएपछि ०८:३० बजे थप उपचारको लागी मेडिकल कलेज कोहलपुर पठाइएको
२. निजको छोरा बर्ष ४० को खगेन्द्र पुलामीको नाकमा चोट, थप उपचारको लागी मेडिकल कलेज कोहलपुर पठाइएको
३. बिरेन्द्रनगर नगरपालिका-४ बस्ने बर्ष १९ को पवन खत्री ।
४. बिरेन्द्रनगर नगरपालिका-१४ बस्ने बर्ष ३० को सुनाईल थापा ।
५. गाडी साहु बिरेन्द्रनगर नगरपालिका-१४ बस्ने बर्ष ३६ को जितेन्द्र भट्टराई ।
६. बर्दिया गुलरीया नगरपालिका-६ बस्ने बर्ष ३७ की तिलक सुनार ।
सैनिक अस्पताल राझाँ बाकेँमा उपचाररत घाइतेको विवरण
१.सुर्खेत भेरी गंगा नगरपालिका-७ बर्ष ३८ को रखबिर बस्याल ।
२. सुर्खेत लेकबेसी गाउँपालिका-७ बस्ने बर्ष २३ को शेर ब.रावत।
३. दैलेख गुरासे गाउँपालिका-७ बस्ने बर्ष २३ को प्रदिप बि.सी ।
४. दैलेख डुल्लु नगरपालिका-११ बस्ने बर्ष ३९ को गणेश ब.शाही ।
५. दैलेख डुल्लु नगरपालिका-११ बस्ने बर्ष २२ को छबि लाल बि.क ।
मेडिकल कलेज कोहलपुर बाँकेमा उपचाररत
१. सुर्खेत बिरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २४ की उम कुमारी हमाल ।
२. बिरेन्द्रनगर नगरपालिका-२ बस्ने बर्ष २४ को भुपेन्द्र शाही ।
३. बिरेन्द्रनगर नगरपालिका-५ बस्ने बर्ष ५४ को जगत जंग राना ।
४. बिरेन्द्रनगर नगरपालिका-१२ बस्ने बर्ष ५२ को मक्क ब.बुढा ।
५. दैलेख भैरवी गाउँपालिका-५ बस्ने बर्ष ५० को बिसाखर रिजाल ।
६. भैरवी गाउँपालिका-३ बस्ने बर्ष २५ को कृष्णा आचार्य ।
७. दैलेख डुल्लु नगरपालिका- ५ बस्ने बर्ष ५१ को ऋषि प्रसाद उपाध्याय ।
८. डुल्लु नगरपालिका-१० बस्ने बर्ष ६८ को तेजेन्द्रनाथ योगी ।
९. दैलेख नारायणी नगरपालिका-१० बस्ने बर्ष २८ को रबिन्द्र हमाल ।
१०. कालीकोट तिला गाउँपालिका-९ बस्ने बर्ष ३२ को जिबन बि.क.।
११. कञ्चनपुर भिमदत्त नगरपालिका-४ बस्ने बर्ष ७ की सिमिया बोहोरा ।