
हेटौंडा । आज बिहान मकवानपुरको बकैया गाउँपालिका-१२ खोरभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको निधन भएको छ ।
जितपुरभन्ज्याङबाट चपकि खानी तर्फ जाने भित्रि कच्चि सडक खण्डमा आज बिहान ९:४५ बजे ना५१ प ५०४१ नम्बरको को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक वर्ष ३२ को राजकुमार न्यासुर र मोटरसाइकलको पछाडी सवार उनको आमा ६८ वर्षीया ठुलिमाया न्यासुर घाइते भएका थिए ।
घाइतेमध्ये ठूलिमाया न्यासुरको सरकारी अस्पताल हटौडामा उपचारको क्रममा चिकित्सकले मृत घोषित गरेका हुन् ।
चालकको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।