
इलाम । मेची राजमार्ग अन्तरगत इलामको रोङ गाउँपालिका-३ कोल्बुङमा आज साँझ नीजि कार दुर्घटना भएको छ ।
सोमबार साँझ ६:२५ बजे उत्तर बाट दक्षिण तर्फ जादै गरेको बीएए १६९२ नम्बरको कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल झरेर दुर्घटना भएको हो ।
दुर्घटना भएको भन्ने खबर पाउनासाथ प्रहरी चौकी हर्कटे इलामबाट प्रहरी सहायक निरीक्षक रमेश वस्नेतको कमाण्डमा खटिएको टोलीले घाइतेहरूलाई उद्दार गरी उपचारको लागि विएण्डसी अस्पताल झापा पठाएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश जवेगुले केटिएम दैनिकलाई बताए ।
उक्त कार दुर्घटनामा झापा शिवशताक्षी नगरपालिका-११ दुधे बस्ने बर्ष ३५ को मनोज राई, वर्ष ३७ को युवराज मुखिया र वर्ष ३० को अनिष दाहाल त्यस्तै मोरङ बिराटनगर महानगर-७ बस्ने बर्ष ५२ को सचिन पोखरेल (चालक), बर्ष ५७ को राज कुमार पौडेल र बर्ष २४ को अर्जुन महरा घाइते भएका छन् ।
घाइते सबैको अवस्था गम्भिर रहेको डिएसपी जवेगुले बताए ।