
सिन्धुपाल्चोक । पेट्रोलियम पदार्थ बोक्ने ट्याक्टरको ठक्करबाट सिन्धुपाल्चोकमा दुई जनाको निधन भएको छ ।
आज दिउँसो सवा एक बजे चौतारा साँगाचोकगढी नगरपालिका-९ घुमाउने डाँडा स्थित अरनिको राजमार्गमा उक्त दुर्घटना भएको हो ।
खाडिचौरबाट बन्देउ तर्फ जाँदै गरेको ना.८ ख ३७६ नम्बरको ट्याङकरले बिपरित दिशाबाट आउदै गरेको बा.प्र.०२-०३१ प ५९७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।
उक्त दुर्घटनामा मोटरसाईकल चालक सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-१ बासखर्क बस्ने बर्ष अन्दाजी २७ को समिर तामाङ र मोटरसाईकल पछाडी सवार मेलम्ची नगरपालिका-११ जरायोटार पाण्डेगाँउ बस्ने बर्ष अं.२७ को नबिन पाण्डे गम्भिर घाइते भएका थिए ।
घाइते भएका दुवैजनालाई उपचारको लागि धुलिखेल अस्पतालमा पठाईएकोमा उपचारको क्रममा दिउँसो ३:०० बजे दुवैजनाको निधन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जिव कुमार यादवले बताए ।
ठक्कर दिने ट्याङकर र चालक मकवानपुर थाहा नगरपालिका-१२ बस्ने बर्ष २८ को भिम बहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।