
सिन्धुली । बिहानको समयमा आफ्नै घरको पेटीमा हिडिरहेकी एक महिलालाई सर्पले डस्दा निधन भएको छ ।
जिल्लाको सिन्धुली दुधौली नगरपालिका-१० कर्था बस्ने वर्ष ६२ की शिव कुमारी कार्की बिहान साढे पाँच बजे घरको पेटीमा हिड्ने क्रममा सर्पले डसेको थियो ।
सर्पको टोकाईबाट घाइते भएकी कार्कीलाई उपचारको लागि स्थानीय सर्पदंस अस्पतालमा लगिएको थियो । उक्त अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि कर्जना फुलकुमारी महतो मेमोरियल हस्पिटल सिरहामा लगिएकोमा उपचारको क्रममा कार्कीको निधन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले बताए ।