
धादिङ । जिल्लाको गल्छी गाउँपालिका-४ अदुवाबारीमा एक व्यक्तीको भीरबाट लडेर निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले केटिएम दैनिकलाई बताएअनुसार बिहीबार बिहान साढे आठ बजे भिरबाट लडेका स्थानीय वर्ष ३९ को कृष्ण प्रसाद अधिकारीको उपचारको क्रममा निधन भएको हो ।
भिरबाट अन्दाजी २० मिटर तल लडेर अचेत अबस्थामा फेला परेका अधिकारीको उपचारको लागि स्मारिका मेडिकल गल्छीमा पठाएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि बैरेनी अस्पताल पुर्याइएको थियो ।
उनको सोही अस्पतालमा उपचारको क्रममा बेलुका चार बजे निधन भएको डिएसपी जैसवारले बताए ।