चितवन । पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।
कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २५६१ नम्बरको बस आफैं अनियन्त्रित भई गएराती दुर्घटना भएको हो । खैरहनी नगरपालिका-८ पर्सा बजारमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ ।
बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । दुर्घटनामा घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र १४ जना मध्यम घाइते भएका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अन्य १६ जनाको अवस्था सामान्य रहेको छ ।