
काठमाडौँ । गैर आवासीय नेपाल संघ बेल्जियमको कार्यसमिति सदस्य रुबिना शर्माले आफूमाथि खेदजनक व्यवहार भएको बताएकी छन् ।
उनले एक विज्ञप्ति जारी गर्दै गैर आवासीय नेपाली संघ (राष्ट्रिय समन्वय परिसद् संयुक्त राज्य बेलायतका प्रतिनिधि) प्रवेश केसी र उनको समूहबाट आफूमाथि खेदजनक भएको जनाएकी छन् ।
एमाले नेता सुवासचन्द्र नेम्बाङ, कांग्रेसका नेता रमेश लेखक, प्रतिनिधि सभा सदस्य मानिस झा र परराष्ट्र मन्त्री नारायण प्रसाद साउदलाई बोधार्थ दिइएको उक्त पत्रमा युवा तथा दोस्रो पुस्तामाथि हस्तक्षेप गरिएको समेत जनाइएको छ ।
उनले विभिन्न कार्यक्रममा नेपालबाट आमन्त्रण गरिने व्यक्तिहरूले केवल घुमघाम, राजनैतिक भेटघाट र आतिथ्य ग्रहण र मनोरञ्जन बाहेक अन्य कामहरू गर्न नसकेको आरोप समेत लगाएकी छन् ।