
लन्डन । परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चाल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी भएका छन् ।
वेस्टमिन्स्टर एबेमा शनिवार आयोजित विशेष समारोहमा मन्त्री साउद सहभागी भएका हुन्। उनी शनिवार साँझ बकिङ्घम प्यालेसमा विदेशी प्रतिनिधिका लागि आयोजना गरिएको स्वागत समारोहमा पनि सहभागी भएका लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
सो अवसरमा मन्त्री साउदले समारोहमा उपस्थित विशिष्ट व्यक्तित्वसँग भेटघाट गरेका जनाइएको छ ।