
काठमाडौं । मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएर डोटीमा एक जनाको निधन भएको छ ।
शुक्रबार राति जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ का ५० वर्षीय पदम नेपालीको खाना बेला मासुको चोक्टा घाँटीमा अड्किँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले जानकारी दिए।
उनका अनुसार राती खाना खाने क्रममा घाँटीमा मासु अड्किएपछि अस्पताल लैजाँदै गर्दा अस्पताल नपुग्दै बाटोमा मृत्यु भएको हो ।
मृतकका बारेमा थप अनुसार भइरहेको प्रहरीले जनाएको छ ।