
काठमाडौं । कोशी प्रदेशको नामकरण पुन हुनुपर्ने मागसहित यसपटकको उभौली/साकेला पर्व सडकमै नाचेर मनाइएको छ ।
किरातजन्य संस्थाहरू र प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले प्रदेश नं. १ को नाम पहिचानको आधारमा हुनेपर्ने माग राखि दवाब स्वरुप यो बर्षको उभौली/साकेला पर्व सडकमै नाचेर मनाएका हुन् ।
०७९ फागुन १७ गते बसेको प्रदेश सभा बैठकले तत्कालीन प्रदेश नं. १ को नाम कोशी पारित गरेसँगै पहिचान पक्षधर समुदाय आन्दोलित छन् ।
माइतीघर मण्डलमा जम्मा भएका पहिचानवादीहरूले नयाँ बानेश्वर चोकसम्म नाच्दै-नाच्दै उभौली/साकेला, यक्वा तङ्नाम, श्याँदर पिदर, युच्याङ, चासुवा, भुम्या, भुमे लगायत चाड मनाएका छन् । ‘प्रदेशको नाम कोशी खारेज गर’, ‘पहिचानको आधारमा प्रदेश नं. १ को पुन: नामाकरण गर’लगायतका पर्चा बोकेका उनीहरूले नाराबाजीसमेत गरेका छन् ।
हेरौं तस्बिरहरू