धादिङ । अरुको नाममा परीक्षा दिइरहेका एक जना नक्कली परीक्षार्थीलाई प्रहरीले धादिङबाट पक्राउ गरेको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षा अन्तर्गत आइतबार भएको गणित विषयको परीक्षामा सहभागी सन्जय तामाङलाई बच्छलादेबी माध्यमिक विद्यालय, सत्यदेबी परीक्षा केन्द्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता डिएसपी सन्तुलाल प्रसाद जैसवारले केटिएम दैनिकलाई बताए ।
खनियाबास गाउपालिका-३ वृचेत बस्ने तामाङले सोही स्थानका राज तामाङको नाममा परीक्षा दिएका थिए । शिक्षकले चेकजाँच गर्ने क्रममा उनी नक्कली परिक्षार्थी रहेको खुलेको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका तामाङ कक्षा १२ मा पढ्ने विद्यार्थी भएको बुझिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको डिएसपी जैसवारले बताए ।