
भक्तपुर। भक्तपुरको पलासेचोकमा भएको मोटरसाइकल दुर्घटना हुँदा चालकको निधन भएको छ ।
बिहीबार बिहान ८:४५ बजे सूर्यविनायक नगरपालिका-९ पलासेचोकमा जगातीबाट साँगा तर्फ जाँदै गरेको प्रदेश ३-०२-०१० प ६८९० नं को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा पलासे महत गाँउ बस्ने बर्ष २४ को निश्चल महत गम्भिर घाईते भई उपचारको लागि सूर्यविनायक नगर अस्पताल भक्तपुर लगेकोमा उनको निधन भएको हो ।
सूर्यविनायक नगर अस्पतालबाट थप उपचारको लागि मध्यपुर अस्पताल रिफर भएकोमा उपचारको क्रममा ०९:४० बजेको समयमा मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी बसन्त पाठककले केटिएम दैनिकलाई बताए ।