चितवन । चितवनको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको निधन भएको छ ।
शुक्रबार दिउँसो भरतपुर महानगरपालिका-२७ मा रहेको राप्ती नदिमा पौडी खेल्ने क्रममा बर्दियाको बारबर्दिया नगरपालिका-९ घर भई हाल चितवनको एक होटलमा काम गर्ने वर्ष १९ को राजेश चौधरीको डुबेर निधन भएको हो ।
चौधरी र उनको साथि सुन्दर चौधरीले भरतपुर महानगरपालिका-२७ मा रहेको राईनो होटलको कन्सट्रक्सनमा काम गर्ने गरेको खुलेको छ । उनीहरू शुक्रबार नदीमा पौडी खेल्न गएको क्रममा राजेश बेपत्ता भएका थिए ।
प्रहरीले सुन्दर चौधरीलाई सकुसल उद्दार गर्न सफल भएको हो भने बेपत्ता भएका राजेशको शव हिजो (शनिबार) राप्ती नदी किनारमा फेला परेको हो ।
मृतकको शव पोस्टमार्टमको लागि हिजै जिल्ला अस्पताल भरतपुर लगिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।