मोरङ । विराटनगरको सहिद रङ्गशालामा भएको विराट गोल्डकप फूटबल प्रतियोगितामा अन्तर्गत शनिवार रातिको खेलमा साविक विजेता एपिएफ क्लब विजयी भएको छ ।
उक्त खेलमा एपिएफले भूटानको ड्रुक लुयल फूटबल क्लबलाई २-१ गोलअन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित समयसम्म एक-एक गोलको बराबरीमा रहेको खेलमा एपिएफले दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत गोली गरी २-१ को अग्रता बनाउँदै विजयी भएको हो ।
खेलमा निर्णायक गोल गरेका बेडुम प्लेयर अफ दि म्याच हुँदै नगद रु ११ हजार पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगिताको विजेताले रु २० लाख १५ हजार प्राप्त गर्ने छन् भने उपविजेता टीमले रु १० लाख २५ हजार नगद राशि प्राप्त गर्ने छ ।