काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबारको दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७६ अकंले घटेर १९३३.२९ बिन्दुमा बन्द भएको थियो । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा बन्द भएको छ ।
बिहिबार सेयर बजारमा १ अर्ब ४१ करोड ३१ लाख रुपैयाँ बढीको कारोबार भएको छ । आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यस दिन बैंकको २१ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भएको हो ।
आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । आज माया खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने यूनिक्यू नेपाल लघुवित्त वित्तीय संस्थाको मूल्यमा ७.४६ प्रतिशतले घट्न पुगेको छ ।