महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका-२ पासी टोलबाट प्रहरीले ठूलो परिमाणमा घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरेको छ ।
लालु पासि, विरेन्द्र पासि र दिलिप चौधरीको घर पछाडी लुकिछिपी रुपमा मदिरा (रक्सि) उत्पादन गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले चार हजार ५०० लिटर कच्चा पदार्थ नष्ट गरेको हो ।
प्रहरीले अबैध संचालनमा रहेका ३ वटा भट्टिबाट मदिरा बनाउन प्रयोग हुने ड्रम १० वटा, मदिरा बनाउने प्रयोग हुने मेसिन २ वटा सहित अन्दाजी चार हजार ५०० लिटर कच्चा पदार्थ नष्ट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी सरोज राईले केटिएम दैनिकलाई बताए ।