काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार अंगुर (कालो) २०० रुपैँया, हरियो १२० रुपैयाँ, अदुवा १०० रुपैयाँ, अनार २५० रुपैयाँ, आभोकाडो ५०० रुपैयाँ, रातो आलु २५ रुपैयाँ, काउली र लोकल काक्रो ५० रुपैयाँ, कागती २६० रुपैयाँ, किवि र कुरिलो ४०० रुपैयाँ प्रतिकेजी रहेका छ ।
त्यस्तै केरा दर्जनको १४० रुपैँया, खुर्साली हरियो अकबरे ३०० रुपैयाँ, बुलेट खुर्सानी ११० रुपैयाँ, लोकल गाजर २५ रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, गोलभेडा ठूलो (नेपाली) ५० रुपैयाँ, चमसुरको साग ११० रुपैयाँ, कन्य च्याउ १६० रुपैयाँ, डल्ले च्याउँ ३०० रुपैयाँमा किनबेच भइरहेको छ भने जुनार २२० रुपैयाँ, ताजा छडि माछा २५० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ, मुंगरी माछा ३०० रुपैयाँ र रहु माछा ३३० रुपैयाँ प्रतिकिलो तोकिएको छ ।
त्यस्तैगरी तितो करेला र तोफु १२० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, चाइनिज नासपति २२० रुपैयाँ, लोकल परवल ९० रुपैयाँ, पिंडालु ४० रुपैयाँ, पुदीना २२० रुपैयाँ, प्याज सुकेको भारतीय ३५ रुपैयाँ, बन्दा १० रुपैयाँ, ब्रोकाउली ८० रुपैयाँ, भिण्डी ११० रुपैयाँ कायम गरिएको समितिले जनाएको छ ।
मटरकोशाको न्यूनतम मूल्य ७० रुपैयाँ, लोकल सेतो मुला ३५ रुपैयाँ, नेपाली मेवा ८० रुपैयाँ, रायो साग ६० रुपैयाँ, लसुन सुकेको चाइनिज १७० रुपैयाँ, लौका ५० रुपैयाँ, सजिवन १२० रुपैयाँ, स्कुस ४० रुपैयाँमा किनबेच भइरहेको छ ।
झोले स्याउ २०० रुपैयाँ र फुजी स्याउ २५० रुपैयाँ र सुन्ताला भारतीय १२० रुपैयाँ प्रतिकिलो तोकिएको छ ।