काठमाडौँ। बाली लगाउने सिजन नजिकिँदै गर्दा किसानहरू आन्दोलित भएका छन्। विभिन्न कम्युनिस्ट दल आबद्ध किसान संघ, संगठनहरुले आज माइतीघरमा प्रदर्शन गरेका हुन्।
नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल किसान महासंघ, नेकपा (मसाल) निकट अखिल नेपाल किसान महासंघ (अप्फा), नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान युनियन र नेकपा (माले) निकट अखिल नेपाल प्रगतिशील किसान संघसहित ६ वटा कम्युनिस्ट पार्टीहरू निकट किसान संगठनहरूको आज प्रदर्शन गरेका हुन् ।
लघुवित्त, मिटरब्याजी, रासायनिक मलखाद, कृषिमा वैदेशिक लगानी, भूमि बैक लगायतका किसानहरूका विभिन्न समसामयिक मागहरू राखी संयुक्त विरोध प्रदर्शन गरिएको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का महासचिव नहेन्द्र खड्काले केटिएम दैनिकलाई बताए ।
प्रदर्शनकारीहरुले किसान एकता जिन्दाबाद, किसानहरू गर्जन्छ किसान मारा थर्कन्छन्, किसान माथिको वित्तीय शोषण अन्त्य गर, बढ्दो महँगी नियन्त्रण गर, विषादीयुक्त खाद्यान्न आयात बन्द गर जस्ता नारा लगाएका थिए।
तस्बिरहरू