काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग चीनका राजदूत चेन सोङले शिष्टाचार भेट गरेका छन् ।
उनीहरुबीच आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेट भएको हो ।
भेटका अवसमार नेपाल र चीनबीच रही आएको द्विपक्षीय सम्बन्ध, पारस्पारिक हित र चासोका वषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
यसअगाडि भारत र अमेरिकाका राजदूतले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरिसकेका छन् । नवनियुक्त राष्ट्रपति पौडेलसँग विभिन्न देशका राजदूतहरूले भेटवार्ता गर्ने क्रम जारी रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।