भक्तपुर । भक्तपुरको एक रिसोर्टमा लगेर महिलालाई करणी गरेको आरोपमा अछाम घर भएका एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अछाम मेल्लेख गाउँपालिका-६ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका-१ बस्ने २१ वर्षीय उमेश रावललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
रावलले ती महिलालाई चाँगुनारायण नगरपालिका-८ स्थित एक रिसोर्टमा सोही दिन राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी कुमार प्रसाद मैनालीले केटिएम दैनिकलाई बताए ।
प्रहरीले यस घटनामा अनुसन्धान जारी राखेको छ ।