काठमाडौं । विमान परिचारिकामाथि दुर्व्यवहार गर्ने नेपाल वायुसेवा निगमका चालकलाई उडानमा रोक लगाएको छ ।
केटिएम दैनिकले पुष ५ गते पाइलटले विमान परिचारिकालाई ककपिट राखेपछि निगममा बबण्डर शीर्षकमा समाचार प्रकाशित गरेको थियो । त्यसको तीन दिनपछि पुष ८ गते वायुसेवा निगममा क्याप्टेन पहारीको दादागिरी शीर्षकमा थप फ्लोअप न्यूज राखिएको थियो ।
आज नेपाल नागरिक उड्डयन प्राधिकरणले परिचारिकामाथि दुर्व्यवहार गर्ने चालक दलका सदस्यहरूलाई उडानमा रोक लगाएको जनाएको छ ।
Regarding an incident of Harassment at Workplace – RA-416 flight from Kuala Lumpur to Kathmandu (28-07-2022) pic.twitter.com/GVcYZY2XDL
— Civil Aviation Authority of Nepal (@hello_CAANepal) February 24, 2023
२०७९ साल साउन ११ गते मलेसियाको राजधानी क्वालालम्पुरदेखि काठमाडौँ उडान भरेको नेपाल एयरलाइन्सको उडानमा कप्तान अरविन्द राज पहारीले एक जना परिचारिका माथि दुर्व्यवहार गरेका थिए ।
उडानको समयमा क्याबिन क्रु कर्मचारीहरूले मानसिक तनाव र उडानमा पर्न गएको गम्भीर असरको बारेमा साउन २७ गते पीडित कर्मचारीहरूले इमेल र हस्तलिखित उजुरी सम्बन्धित शाखाका अधिकारीहरूलाई बुझाएका थिए ।