
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले राजनीतिक दलमा स्वच्छता नभएकाले देश पछि परिरहेको बताएका छन् ।
भक्तपुर नगरपालिकाको १३ औँ नगरसभालाई आज सम्बोधन गर्दै उनले पद पाउनकै लागि राजनीति गर्नेहरूले देश र जनताको निःस्वार्थ सेवा गर्न नसक्ने बताए। अध्यक्ष बिजुक्छेँले नेपालमा पश्चिमेली संसदीय राजनीतिक प्रणालीमा प्रखर प्रतिपक्ष र छायाँ सरकारको व्यवस्था हुने राजनीतिक प्रणाली लागू रहेको चर्चा गर्दै यहाँ त्यस्तो अवस्था देखिएको बताए।
जनतालाई राजनीतिक रूपले सचेत पार्दै समाजवादी व्यवस्था लागू गर्न राजनीतिक सङ्घर्ष अगाडि बढाइरहेको नेमकिपालाई सङ्किर्ण र जडसुत्रवादी आरोप लगाउने राजनीतिक दल तिनका नेता संशोधनवादी र अवसरवादी भएको उनको आरोप थियो ।