
भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार गृह जिल्ला भोजपुर आउँदैछिन् ।
षडानन्द नगरपालिकामा रहेको बालागुरु षडानन्द अधिकारीको जन्म स्थानमा निर्माण गरिएको सालिक अनावरण तथा योगमाया न्यौपानेको समाधिस्थल मझुवाबेँसीमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी भोजपुर आउन लागेकी हुन्। उनले साल्पासिलिछो गाउँपालिका–१ गौँडेनीमा रहेको पशुपतिनाथको मन्दिरमा पूजाआजा गर्ने कार्यक्रमसमेत रहेको छ ।
राष्ट्रपति भण्डारीले दिङ्लामा रहेको राम सीता मन्दिरको दर्शन, षडानन्द वेद विद्याश्रमको अवलोकन, षडानन्द माध्यमिक विद्यालय र अरुण माध्यमिक विद्यालयको अवलोकन गर्नेलगायत कार्यक्रम रहेको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिए।