
प्रधानसेनापति प्रभुराम शर्मा र स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलरबीच शिष्टचार भेटवार्ता भएको छ ।
मङ्गलबार दिउँसो नेपाली सेनाको हेडक्वाटर जंगी अड्डामा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
भेटवार्ताको क्रममा प्रधानसेनापति शर्माले यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने बताएका छन् ।
नेपाली सेनाले विभिन्न देशका राजदूतहरूसँग बेलाबेलामा भेटघाट गर्दै आइरहेको छ ।