
मुम्बई । बलिउडका बादशाह शाहरुख खान अभिनीत पठानले अहिलेसम्म ८३२ करोडको व्यापार गरेको छ ।
गत जनवरी २५ मा रिलिज भएको पठानले हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा कम समयमा उक्त रकम सङ्कलन गरेको रेकर्डसमेत कायम गरेको यशराज फिल्मसले जनाएको छ ।
सो फिल्ममा शाहरुख खानसँगै दीपिका पादुकोण, जोन अब्राहम लगायतको अभिनय छ । पछिल्ला फिल्महरू असफल भएपछि ४ वर्ष पछि “कमब्याक” भएका शाहरुखले पठानमार्फत पुनः बलिउडको बादशाहको छविलाई थप उचाइमा लगेको बलिउडका फिल्म विश्लेषकहरूले तर्क गर्न थालेका छन् ।
बलिउडका चलचित्र समीक्षक तरुण आदर्शले उक्त फिल्मलाई ४.५ स्टार दिएका छन् ।