
मुम्बई । राखी सावन्तका पति आदिल दुर्रानीलाई प्रहरीले पक्राउ गरेको छ।
मङ्गलवार पक्राउ परेको दुर्रानीलाई धारा ५०४, ५०६, ३३२ र ४०६ को उलङ्घन गरेको आरोपमा पक्राउ गरिएको हो । प्रहरीले संयमित हुन आग्रह गरे पनि उनी संयमित हुन सकेनन् । अन्ततः उनलाई प्रहरीले पक्राउ गरी पुलिस स्टेसन लगेको हो । पक्राउ गरिएका सावन्तका पतिलाई मुम्बईको ओसिवारा पुलिस स्टेसनमा राखिएको छ । उनीसँग सोधखोज जारी छ ।
राखी सावन्तले भनेकी छिन, ‘मङ्गलवार बिहान उनी मेरो घरमा आए, मलाई कुटपिट गरे अनि मैले सहन नसकेर पुलिसलाई खबर गरे ।’ उनले आफू माथि निरन्तर घरेलु हिंसा भएको भन्दै राखीले यसअघि दुई वटा एफआईआर पनि दर्ता गराएकी थिइन ।
पति पक्राउ परे पछि सञ्चारकर्मीसँग राखीले भनेकी छिन, ‘यो मान्छेसँग म बस्न सक्दिन, उनी धेरै केटीसँग अहिले पनि सुत्छन्, मैले अन्तिममा पनि तनुलाई छाडेर आइज भनेको थिएँ तर उसले मानेनन्, अब म डिर्भोस गर्छु ।’
राखी सावन्तको विवाह केही साता अघि मात्रै भएको थियो ।