काठमाडौं महानगरपालिका-१७ खुसिबु बस्ने ५९ वर्षीय धर्मेन्द्र महर्जनको घरमा जुवातास खेलरहेको अवस्थामा महर्जन समेत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४२ हजार ३० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
कानुनमा के छ ?
नेपालको कानुनले जुवातास खेल्नुलाई कसुर मान्दै सजाय समेत तोकेको छ । मुलुकी अपराध संहिताको दफा १२५ मा जुवा खेल्ने मात्र होइन जुवा खेलाउने व्यक्तिलाई समेत सजाय तोकिएको छ ।
उक्त दफा को उपदफा १ को (क) मा भनिएको छ पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद र वा तीसहजार रुपैयाँसम्म जरिबाना हुन्छ ।
त्यस्तै (ख) मा लेखिएको छ । दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र पचार हजार रुपैयाँसम्म जरिबाना र त्यसपछिको कसूरमा पटके पिच्छे थप तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरिबना ।