
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा नेपाल)ले पार्टी एकताका लागि संघीय लोकतान्त्रिक मञ्चलाई पत्राचार गरेको छ ।
एकता वार्ताका लागि समितिका संयोजक राजेन्द्र श्रेष्ठले एक पत्र लेख्दै पार्टी एकता गर्न कुमार लिङदेन नेतृत्वको संघीय मञ्चलाई पत्राचार गरेका हुन् । ‘हाम्रो पार्टी राजनीतिक समितिको बैठकले नीति, सिद्धान्त र िवचार मिल्ने राजनीतिक दलसँग ठोस रुपमा पार्टी एकताको पहल गर्न पार्टी वार्ता समिति गठन गर्नुका साथै, त्यसको वैचारिक आधारको रुपमा पहिचानसहितको संघीयता र समाजवाद हुनुपर्ने निष्कर्ष निकालेको छ,’ श्रेष्ठले पठाएको पत्रमा भनिएको छ, ‘अत: पार्टी एकताका लागि िवचाराधारात्मक तथा संगठनात्मक िवषयमा वार्ता एवम् छलफल गर्नका लागि हामी तपाईको पार्टीसँग हार्दिकताका साथ प्रस्ताव अघि बढाउन चाहन्छौं ।’
जसपाको राजनीतिक समितिको गत १८ र १९ पुसमा बसेको बैठकले िवचारधारा मिल्ने पार्टीबीच एकता गर्नका लागि श्रेष्ठको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो ।