
काठमाडौंको घट्टेकुलोबाट दिँउसै ढोका फोडेर गरगहना चोरी गर्ने एक महिलालाई प्रहरी नियन्त्रणमा लिएको छ ।
माघ १३ गते काठमाडौं महानगरपालिका २९ घट्टेकुलोमा रहेको हेमा रानामगरको घरको कोठाको ढोका फोडेर सुनका बिभिन्न गरगहना तथा नगद चोरी भएको भनि काठमाडौं उपत्यका अपराध महाशाखामा निवेदन परेपछि अनुसन्धानको क्रममा उक्त घरमा एक महिलाले दिउँसोको समयमा चोरी गरेको खुलेको हो ।
चोरीमा संलग्न भएको अभियोगमा प्रहरीले गोरखाको शहिद लखन गाउपालिका-७ घर भई हाल कामनापा-५ मालिगाउँ बस्ने बर्ष ३० की कुसुम थापालाई माघ १९ गते पक्राउ गरेको हो ।
पक्राउ परेको महिलाको कोठामा खातलासी गर्दा उनले चोरी गरेका गहनामध्ये नौ तोला सुन फेला परेपछि उनलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत सिंहदरबार पठाईएको काठमाडौं उपत्यका अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले बताए ।
कोइरालाका अनुसार पक्राउ परेकी महिला गत असोजमा पनि चोरी मुद्दामा प्रहरी वृत्त गौशालाबाट पक्राउ परेर धरौटीमा रिहा भएकी थिइन् ।