
अष्ट्रेलियाको क्यानवेरामा ५० वर्षिय नेपाली हजुर आमा पक्राउ परेकी छिन् । २ वर्षीया नातिनीको अश्चिल भिडियो बनाएर पोस्ट गरेको भन्दै उनलाई आइतबार अष्ट्रेलियन संघिय प्रहरी पक्राउ गरेको हो ।
प्रहरीले उनीमाथी १० वर्ष भन्दा कम उमेरका केटाकेटीविरुद्ध जबरजस्ती अश्लिल गतिविधी गरेको, बालबालिका विरुद्धको सामाग्री उत्पादन गरेको लगायत अभियोग लगाइएको छ ।
गत महिना बालबालिका सम्बन्धी अश्लिल भिडियो पोष्ट भएको भन्दै टिकटकले भिडियो डिलिट गरेर संघिय प्रहरीलाई सुचना दिएको थियो ।
आज अभियुक्त हजुरआमालाई भिडियो कल मार्फत स्थानिय म्याजेष्ट्रि अदालतमा उपस्थित गराइएको थियो । उनलाई धरौटीमा रिहाइ गरिएको छ ।
उनी ९ महिना अगाडि मात्र अस्ट्रेलिया पुगेको थिइन् ।
यस्तो छ अष्ट्रेलियाको प्रहरीले जारी गरेको प्रेस नोट ।