
नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँसहित काठमाडौंबाट विराटनगर जान लागेका एक यात्रु त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलबाट पक्राउ परेका छन् ।
२ हजार दरको ४० थान र ५ सय दरको १ सय १४ थान नोट सहित भारतीय नागरीक ४७ वर्षीय महेशभाई रुगनाथभाई कुंडारीयालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट विराटनगर जान लागेका कुंडारीयालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उनको ह्याण्ड व्यागभित्र उक्त प्रतिबन्धित भारतीय रूपैयाँ फेला परेको थियो ।
उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।