
काभ्रेको पनौतीमा आफ्नै घरमा खेल्ने क्रममा रेलिङबाट खस्दा एक १८ महिना बालक गम्भिर घाइते भएका छन् ।
जिल्लाको पनौती नगरपालिका-५ बस्ने उमेश थापाको छोरा १८ महिनाको निर्माण थापा आइतबार बिहान ९: ५० बजे दुइ तला भएको घरको छतमा रहेको रेलिङबाट झरेका थिए ।
रेलिङमा चढेर खेल्ने क्रममा तल खसेका बालकको उपचारको लागि शिरमेमोरियल अस्पताल पुर्याइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि अन्नपूर्ण न्यूरो अस्पताल माइतीघर ल्याइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले बतायो ।
थप अपडेट: उपचारका क्रममा ती बालकको निधन भएको पारिवारीक स्रोतले जनाएकको छ ।