
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरुसँग सामुहिक छलफल गरिरहेका छन् ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज विहान ९ बजे बाट विभिन्न दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिव लगायतसँग विधेयक सम्बन्धि छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा संसदलाई कसरी प्रभावकारी बनाउने र सरकारले संसदलाई दिनुपर्ने बिजेनसका बारेमा प्रधानमन्त्रीले राय लिएको बुझिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार संसदको आगामी बैठकलाई प्रभावकारी रुपमा लैजानका लागि सल्लाह माग्न प्रमुख सचेतकहरुलाई बोलाईएको हो ।