रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक ११ बजे बस्ने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहको सट्टा भौतिक पुर्वाधार मन्त्रालय लिन नयाँ सन्देश पठाएपछि रास्वपाको शनिवार साँझ बसेको बैठक निष्कर्षहिन अवस्थामा पुगेको थियो ।
प्रधानमन्त्रीको नयाँ सन्देशसँग रास्वपाले आजको बैठकवाट नयाँ निर्णय लिनेछ।
रास्वपाका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले नागरिकता मुद्दामा दोषी ठहर गर्दै उनको सासंद र पार्टी सभापति पद खारेज गरेपछि गृह मन्त्रालय प्रधानमन्त्री मातहत नै रहेको छ ।
लामिछानेले कानुनअनुसार नागरिकता लिएर पुन: पार्टी सभापति भइसकेका छन् । रास्वपाले आफूले पाएको गृह मन्त्रालयमा अर्को मान्छे पठाउने तयारी गरिरहँदा सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले भने गृह मन्त्रालय आफैसँग राख्ने तयारी गरेको छ ।