नेपाली सेनाको पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवाल सैनिक अस्पतालमा उपचाररत छन्। दुवै मिर्गौला फेल भएर डायलिसिस गराउँदै आएका कटवाल छाउनीस्थित सैनिक अस्पतालको आइसियुमा उपचाररत छन्।
नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार कटुवालका स्वास्थ्यमा थप समस्या आएपछि आइसियुमा राखेर उपचार भइरहेको छ ।
उनका अनुसार मिर्गौलामा समस्या देखिएपछि साताको दुई दिन डायलिसिस गराई रहेका कटुवालको स्वास्थ्यमा थप समस्या देखिएपछि गत मंगलबारदेखि आइसियुमा राखेर उपचार भइरहेको हो ।
साथै, कटवालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको प्रवक्ता भण्डारीले जानकारीसमेत दिएका छन्।
०६६ साल वैशाख २० उनलाई प्रधान सेनापतिबाट हटाउने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रयास असफल भए पछि सोही प्रकरणमा प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिनु परेको थियो । कटवाल २०६३ भदौ २४ देखि प्रधानसेनापति भएका थिए।