
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन्धारा जाने क्रममा ट्याक्सीमा छुटेको आइफोन १३ प्रो म्याक्स सम्बन्धित धनीलाई फिर्ता गरिएको छ ।
गत मङ्गलवार (माघ १७ गते) बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन्धारा सम्म आउने क्रममा ट्याक्सीमा चढेका अजय सुवेदीले सोही ट्याक्सीमा आफूले प्रयोग गर्दै आइरहेको आइफोन १३ प्रो म्याक्स छुटेको थियो ।
उनले आफ्नो मोबाइल हराएको भन्दै काठमाडौँ उपत्यका ट्राफिक कार्यालयमा निवेदन दिएपछि प्रहरीले सिसिटिभी फुटेजको आधारमा उक्त ट्याक्सी बा २ ज ३३२१ नम्बरको भएको पत्ता लगाएर उक्त ट्याक्सीका चालकसँग सम्पर्क गरेको थियो ।
ट्याक्सी चालकले उक्त मोबाइल सुरक्षित राखेको पाइएपछि उनले काठमाडौँ उपत्यकाका ट्राफिक कार्यालय रामशाहपथ पुगेर बिहीबार उक्त फोन हस्तान्तरण गरेका हुन् ।