बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर शुक्रबार (हिज) एक बालिकाको निधन भएको छ ।
निधन हुनेमा स्वामीकार्तिक खापर–१ साप्पाटा मुक्तिकोट गाउँकी १४ वर्षीया शुसिला विक रहेको वडा नम्बर १ का वडा सदस्य नन्दलाल धामीले जानकारी दिए ।
माटो खन्ने क्रममा ढिस्कोले च्यापिएर उनको मृत्यु भएको बताइएको छ । ग्रामिण भेगमा माटोले बनेका घरमा लिपपोतको लागि माटो खन्ने प्रचलन छ । खासगरी दशैं तिहार जस्ता चाडपर्वमा पुरै घर कमेरो (सेतो माटो) र रातो माटोले लिपपोत गर्ने चलन छ ।