
आज भोलि सेक्स, प्रेम विवाह, मनोरञ्जनका कारण युवा युवतीहरुमा अत्याधिक परिवर्तन देखिएको छ ।
अहिलेको रमझमपूर्ण दुनियाँमा आधुनिक पाराले ऐस, आरामको जीवन बिताउने र पुराना रीतिरिवाजलाई भुल्दै पाश्चात्य जीवनशैली अपनाउनेको होडबाजी छ । आधुनिक युवतीहरुले सेक्स, प्रेमलाई जथाभावि रुपमा लिएको पाइन्छ । युवतीहरु सोच्दछन् की मनले गरेको चीज नै सहि हो अर्थात राम्रो हो ।
उनीहरुका लागि कुनै केटासँग मन मिले प्रेम र सेक्स गरे केही फरक पर्दैन । यस्तै, क्रियाकलापहरु अरबी गल्फ देशहरुमा समेत भएको पाइन्छ । जहाँ यौन, सेक्सलाई बाहिर खुलेआम बन्देज गरिएको हुन्छ। साउदी तथा अरबी मुलुकमा बसोबास गर्ने महिलाहरु कालो रङको बुर्का लगाएर हिँड्ने गर्छन् । ती युवती हुन् या विवाहित महिला सबैले अनिवार्य बुर्का लगाएर हिँड्छन् ।
आफ्नो सम्पूर्ण शरीरनै ढाकेर हिँड्ने गर्दछन् । भित्री वस्त्र अरु नै लगाएर बाहिर हिँड्दा कालो वस्त्र (बुर्का ) लगाउँछन् । त्यसका कारण यहाँका युवतीहरु चाहे जस्तो फेशन गरेर हिँड्न पाउँदैनन् । आफ्ना सम्पूर्ण चाहनाहरुलाई बन्धक बनाइनुपर्दा र यी र यस्ता चाहना खुलेआम देखाउन नसक्दा उनीहरु यहाँका रेष्टुरेण्ट, मलहरु, लज वा बन्द कोठामा आफ्ना भित्री कपडा देखाउँदै अश्लिलता प्रदर्शन गर्ने गर्छन्।
बाहिर खुलेआम देखाउन नसकेको फेशन यस्तै ठाउँहरुमा उनीहरु देखाउँछन् । जसका कारण उनीहरुको यस्तो फेशन हामीहरुले देख्न पाउँछौँ। साउदीमा स्थानीय युवतीहरु र अन्य मुलुकबाट आएकाले समेत बुर्का लगाउनुपर्ने नियम छ । कसैले पनि बिना बुर्का लगाएर हिँडेको पाईंदैन ।

यहाँका युवा युवतीहरुले आफ्ना इच्छाहरुलाई दबाएर राखेका हुन्छन् । खुलेआम सहज हिँड्डुल गर्ने अवस्था यहाँ हुँदैन । स्कूल पढ्ने हुन् या जवानीले मस्त क्याम्पस पढ्ने ठिटी हुन्, बाबु आमासँग पढ्न जाने बहाना बनाएर केटाहरुसँग लठारिँदै रेष्टुरेण्टमा जाने यिनीहरुको दैनिकी नै बनेको छ ।
केटाहरुसँग कमै मात्रामा देखिने युवतीहरु प्राय: रेष्टुरेण्टमा काम गर्ने केटा (जुन विदेशी छ) सँग वा केटी केटी नै आपसमा अंग प्रत्यंग चलाउने, भिडियो खिचेर एक अर्कामा सेयर गर्ने गर्छन् । यस्ता क्रियाकलाप गर्नेका लागि रेष्टुरेण्टहरुमा अलग्गै क्याविनको व्यवस्था हुने गर्दछ । केटाहरु, फेमिली र युवतीहरुका अलग्गै क्याविन हुने गर्दछ । कुनै पनि क्यविनहरुको टेबल खुलेआम हुँदैन ।
सबैलाई पार्टेशन गरी राखिएको हुन्छ । तसर्थ, यहाँका सबै युवतीहरु आफूलाई अति नै सुरक्षित महसुस गर्छन् । बलात्कार लगायत घटनाहरु भएको पाईंदैन् । एकले अर्कालाई राम्रोसँग देख्न/बोल्न समेत पाउँदैनन् । अत्यन्त सम्मानका साथ बोल्नुपर्दछ । महिलालाई हरेक ठाउँमा प्राथमिकता दिँदै उनीहरुको सम्मानमा आँच आउने कुनै पनि बोली र व्यवहार गर्न पाईंदैन ।
युवतीहरुले सहज रुपमा युवासँग बोल्न, हाँस्न पाएका हुँदैनन् । त्यसैले, रेष्टुरेण्ट, मलहरुमा काम गर्ने कामदारसँग बोल्ने/हाँस्ने गरेको पाइन्छ । तर, विवाहित छन् भने कसैसँग पनि बोलेको पाईंदैन, मात्र आफ्नो परिवारसँग उनीहरुको सम्बन्ध रहेको हुन्छ । श्रीमान श्रीमती एकै भएर हिँडेका हुन्छन् । जहाँ जाँदा पनि आफ्नो परिवारसँगै हुन्छन्।
साउदी र गल्फका महिलाहरु
युवतीहरुलाई जवानीको नशाले कुत्कुत्याएको हुन्छ । उनीहरु केटा नहुँदा आफूलाई अपुरो महसुस गर्दछन् । सप्तरी ५ का रमेश यादव ( नाम परिवर्तन ) हामीसगँ एउटै रेष्टुरेण्टमा काम गर्थे । एक दिन क्याविनमा उनले आफ्नो अर्डर लिएर गएका थिए।
त्यहाँ तीनजना युवतीहरु बुर्का खोली बसेका थिए । अडर लिनका लागि उ गए र मेन्यु दिए । त्यहिबेला उनलाई तीन जनाले तानेर जर्बजस्ती बलात्कार गरे । उ बलात्कार भएपछि हामी कहाँ आए र भने, ‘म अब घर जान्छु ।’ र, घर जान कम्पनीमा पेपर बुझाए। यस्ता खालका घटनाहरु यहाँ थुप्रै हुन्छन् ।
साउदीमा बलात्कारको घटनालाई अत्यन्त गम्भीरताका साथ लिने गरिन्छ । पीडकहरुलाई तुरुन्तै मृत्यु दण्डको सजाय छ । त्यसैले, यहाँ युवाहरुबाट युवतीहरु बलात्कार हुने घटना कमै हुन्छन् । तर, बाहिरी युवाहरुलाई भने यहाँका युवतीहरुले धेरै पैसाको लोभ देखाएर आफ्नो जवानी पोख्ने गर्छन् ।
यिनीहरु यौन सम्बन्धलाई खुला रुपमा स्वीकार्दछन्, जसले आफ्नो घर, विद्यालयमा गर्न नसकेका यस्ता गतिविधि रेष्टुरेण्ट, मल, होटलमा गर्ने गर्छन् । साउदीमा युवतीहरु युवाहरुसँग कमै मात्रामा देखिने गर्दछन् । विवाह भएपछि मात्र उनीहरु सँगै हुन्छन् । तर, अविवाहित छन् भने उनीहरु खुला रुपमा हिँड्न सक्दैनन् ।
त्यसैले, उनीहरु बाहिरी युवाहरुप्रति आकर्षित हुन्छन् र, शारीरिक सम्बन्ध स्थापित गरी जवानीको तृष्णा शान्त पार्नुलाई नै आफ्नो स्वर्णिम जिन्दगी ठान्छन् । रेष्टुरेण्टहरुमा युवतीहरु बन्द कोठा पाउनासाथ बुर्का खोलेर आफ्ना भित्री पहिरन खोलेर अंग प्रत्यंग देखाउँदै एक अर्कोसँग नजिकिने गर्छन् र, मनोरञ्जन लिन्छन् ।
यो उनीहरुको प्रत्येक रेष्टुरेण्टमा हुने दैनिकी हो । उनीहरुको भित्री फेशन पाश्चात्य पहिरनभन्दा बढी देखिन्छ तर, बाहिर निस्कँदा अत्यन्त सरल र सभ्य भएर बुर्का लगाई हिँडेको देखिन्छ । त्यसैले, युवाहरुले यी र यस्ता समस्याबाट जोगिँदै आफू सुरिक्षत हुन यहाँका युवतीहरुसँग सावधानी अपनाउनुपर्छ ।
हाल साउदीमा रहेका सचिन्द्र श्रेष्ठले आफ्नो अनुभवको आधारमा तयार पारेको सामाग्री ।