
हेराल्ड इन्टरनेसनल कलेज, वसुन्धारा, काठमाडौँमा “हेराल्ड फुड फेस्टा-२०७९” कार्यक्रम सम्पन्न भएको छ । व्यवस्थापन सङ्काय, कक्षा १२ को आयोजनामा सम्पन्न कार्यक्रमको उद्घाटन क्याम्पस प्रमुख सह प्राध्यापक श्री विनोद रेग्मीले गरेका थिए ।
फुड फेस्टामा होटल व्यवस्थापन विषय अध्ययन गर्ने छात्र तथा छात्राहरूले तयार पारेका विभिन्न किसिमका खानाका परिकारहरू स्टलमा सजाएर राखिएका थियो ।
यसैगरि कार्यक्रममा विभिन्न किसिमका मनोरञ्जनात्मक खेल तथा साङ्गीतिक कार्यक्रमहरू पनि समावेश गरिएका थिए। साथै यस कार्यक्रममा विभिन्न कलेजका विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य व्यक्तित्वहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
होटेल व्यवस्थापन विषयका प्रमुख श्री सुजल ढुङ्गानाले विद्यार्थीहरूको क्षमता र सीप वृद्धिका लागि होटेल व्यवस्थापन विषय अध्ययन गर्ने विद्यार्थीहरूका लागि यस्ता कार्यक्रमहरू ज्यादै लाभदायक र उपलब्धिमूलक हुने कुरा बताए ।
हेराल्ड इन्टरनेसनल कलेजले होटेल व्यवस्थापन विषयको पढाइलाई उत्कृष्ट तथा प्रमुख शैक्षिक गन्तव्यको रूपमा राखेको छ ।