
कलकत्ता हाई कोर्टले बलिउड अभिनेता तथा भाजपा नेता परेश रावललाई बोलीकै कारण कठोर कारबाही नगर्न आदेश दिएको हो ।
उच्च न्यायालयले तलातला प्रहरीलाई परेशले बोलेको ‘बंगालियो के लिएर मछली पकाओ’ लाई लिएर कुनै पनि कठोर कारवाही नगर्न आदेश दिएको हो ।
अदालतले परेशले यो विषयमा पहिला नै माफी मागिसकेकाले कारबाही गर्न आवश्यक नरहेको ठहर गरेको छ ।
अदालतले भिडियो कन्फ्रेन्समार्फत यो मामलामा परेशलाई सोध्न सकिने जनाएको छ । यो मामलाको अर्को सुनुवाई फेब्रुअरी ५ मा हुनेछ ।
गत वर्ष गुजरात चुनावको समयमा परेशले पनि भाजपाको तर्फबाट राज्यको चुनावी र्यालीमा सहभागिता जनाएका थिए ।
यो समयमा उनले बंगालीका विषयमा भाषण गरेपछि उनी विवादमा तानिएका थिए । उनीमाथि बंगालीलाई अपमान गरेको आरोपसमेत लागेको थियो ।
पछि उनले सामाजिक सञ्जालमार्फत माफी मागेका थिए ।